रक्षक नै भक्षक भएपछि छापा हान्न गएका प्रहरी मोबाईल चोरेर फर्किए, भिडियो भाईरल

मोबाईल ग्यालरीका सञ्चालक सुवास रावलले भिडियो प्रमाणसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि घटना बाहिर

रक्षक नै भक्षक भएपछि छापा हान्न गएका प्रहरी मोबाईल चोरेर फर्किए, भिडिय...

कैलाली, माघ ७ । मोबाईल पसलमा छापा हान्न गएका प्रहरीले नै मोबाईल चोरिरहेको भिडियो सार्वजनिक भएको छ । मोबाईल पसलबाट लागुऔषधको कारोबार भईरहेको भन्दै छापा मार्न गएको प्रहरीले नै मोबाइल चोरिरहेको भिडियो सार्वजनिक भएपछि संलग्न प्रहरीमाथी कारबाहि सुरु भएको छ । कैलालीको धनगढीमा सुवास रावलले सञ्चालन गरिरहेको ग्लोवल मोबाइल ग्यालरीमा छापा पार्न गएका प्रहरीले मोबाईल पसलबाट दुई वटा मोबाईल चोरेका थिए । माघ ५ गते साझ ८ बजे धनगढीको चौराहमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा जिल्ला प्रहरी कार्यालयको टोली लागुऔषधका बिषयमा छापा हान्न पुगेको थियो ।प्रहरीले मोबाईल पसलको खानतलासी लिनेक्रममा मोबाईल चोरीरहेको सिसि क्यामरामा कैद भएको भिडियोमा देख्न सकिन्छ । मोबाईल चोरीको भिडियो सार्बजनिक भएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक जना हवल्दार र अर्का एक जवान हिरासतमा राखी कारबाहि अगाडी बढाएको छ ।मोबाईल ग्यालरीका सञ्चालक सुवास रावलले भिडियो प्रमाणसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि घटना बाहिर आएको हो ।