भाडा अनियमितता विरुद्ध अनेरास्ववियुको प्रदशन

भाडा अनियमितता विरुद्ध अनेरास्ववियुको प्रदशन भएको छ।

भाडा अनियमितता विरुद्ध अनेरास्ववियुको प्रदशन

माघ १९, काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु सरस्वती क्याम्पस, पिपल्स क्याम्पस र अस्कल क्याम्पसको संयोजक्तामा विधार्थीहरुले काठमाडौको मुटु लैनचौरमा शान्तिपूर्ण प्रदर्सन र छ्ड्के अनुगमन गरेका छन्।

कोरोना माहामारीको तेस्रो लहर र जोड बिजोर प्रणालीको नाम लिएर विधार्थीहरुसँग तोकिएकोभन्दा धेरै भाडा उठाउने र विधार्थीको परिचय पत्र देखाउदा समेत भाडामा छुट नदिएको हुनाले अनेरास्ववियुले बिरोध र प्रदर्शन गरेको छ । विद्यार्थीहरुले प्रहरी प्रसासनसँग समन्वय गरेर सोर्हखुट्टे चोक अगाडि  छ्ड्के अनुगमन समेत गरेका छन् ।