चन्द्रागिरीको जङ्गलमा हराएका ५ जनाको उद्धार

चन्द्रागिरीको जङ्गलमा हराएका ५ जनाको उद्धार

काठमाडौं । हिउँ खेल्न चन्द्रागिरी जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार गरिएको छ ।

माघ २३ गते दिउँसो चन्द्रागिरीमा हिउँ खेल्न गई हराइरहेका ५ जनाको मध्यराति १ बजे १५ मिनेटमा प्रहरीले उद्धार गरेको हो ।

चन्द्रागिरिको जङ्गलमा फसेका चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ महादेवस्थान बस्ने २३ वर्षीय रीता गुरुङ, १५ वर्षका सौभाग्य गुरुङ, १३ वर्षका सहज गुरुङ, ११ वर्षीय जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङको प्रहरी टोलीले उद्धार गरेको हो ।

हिउँ खेल्न गएका बालबालिकासहितका पाँच जना हराएको सूचना पाउनसाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट डिएसपी डिल्ली नारायण पाण्डेय नेतृत्व र महानगरीय नगर प्रहरी कार्यालयबाट डीएसपीकै कमाण्डमा उद्धार टोली हराइरहेकाहरुको खोजीको लागि चन्द्रागिरी जङ्गलमा गएको थियो ।