क्लब वर्ल्ड कप जित्दै चेल्सी विश्व च्याम्पियन, रोमाञ्चक खेलमा पाल्मिरसलाई २-१ गोल अन्तरले हरायो

क्लब वर्ल्ड कप जित्दै चेल्सी विश्व च्याम्पियन, रोमाञ्चक खेलमा पाल्मिरस...

१ फाल्गुन, काठमाडौं । रोमेलु लुकाकु र काई हाभर्टेजको एक एक गोलको मदतले इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति यूएईमा भएको फाइनलमा चेल्सीले ब्राजिलियन क्लब पाल्मिरसलाई २-१ गोल अन्तरले हराएको हो। 

निकै नै रोमाञ्चक खेलमा लुकाकुले दिलाएको अग्रतालाई जोगाउन नसक्दा खेल १-१ हुँदै अतिरिक्त समयमा गएको थियो। पाल्मिरसका लागि रफाइल भेगाले पेनाल्टी मार्फत गोल गरेका हुन्। अतिरिक्त समयमा पुन चेल्सीका हाभर्टेजले पेनाल्टी मार्फत नै गोल गरेर खेललाई २-१ को स्थितिमा पुर्याए। 

चेल्सीको यो उपाधि आफ्नो इतिहास मै पहिलो पटक जितेको हो र यो सँगै चेल्सिले कुनै पनि इंग्लिस क्लबले जित्नसक्ने सम्पूर्ण उपाधि जितेको छ र आफ्नो ट्रफी क्याबिनेट पूरा गरेको छ।