रसियन मिसाइलको निशानामा युक्रेन, विश्वयुद्ध सुरु हुने खतरा

रसियन मिसाइलको निशानामा युक्रेन, विश्वयुद्ध सुरु हुने खतरा

फाल्गुन १२, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले मिसाइल मार्फत् आक्रमण गरेको बताएका छन् । 

युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले ट्वीट गर्दै रुसले युक्रेनमा पूर्ण रुपमा आक्रमण सुरु गरेको जनाएका छन् ।

रुसले गरेको आक्रमण पछि युक्रेनमा राष्ट्रिय सुरक्षा र रक्षा परिषदको आकस्मिक बैठक बसेर देशमा सैन्य कानुन (मार्शल ल) लागू गर्ने निर्णय गरेको छ।

युक्रेनको विदेश मन्त्रालयले देशको विभिन्न ठाउँमा विस्फोटको आवाज सुनिएको र आफूविरुद्ध युद्ध नै छेडिएको बताएको छ। 

युक्रेनको राजधानीमा एयर साइरन बजेको छ र मानिसहरू पश्चिम तिर सर्न खोजेकोले सडकमा गाडीको भीड छ। 

रसियन सैनिक बोर्डर क्रस गर्न थालिसकेको पनि बुझ्नमा आएको छ। 

युक्रेनियन प्रहरीले जनाए अनुसार केही संख्यामा मानिसको निधन समेत भइसकेको छ र कयौं हराइरहेका छन्। 

रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनियन सैनिकलाई आत्मसमर्पण गरेर आफ्नो घर फर्किन भनेका छन् साथै उनले यदि कसैले यो कुरामा हस्तक्षप गरेमा या रसियालाई आक्रमण गरेमा रसियाले नछोड्ने बताएका छन्। 

यो सँगै विश्वयुद्ध सुरु हुने खतरा बढेको छ।