रोमनले वर्ल्ड च्याम्पियन चेल्सी बेच्दै, आफूले क्लबबाट लिनुपर्ने पैसा युक्रेनका द्वन्द पीडितलाई दिने

रोमनले वर्ल्ड च्याम्पियन चेल्सी बेच्दै, आफूले क्लबबाट लिनुपर्ने पैसा य...

बेलायती फुटबल क्लब चेल्सी बेचिने भएको छ। त्यतिबेलाको मिडटेबल क्लवलाई सन् २००३ मा किनेर अहिलेको जस्तो शीर्ष क्लब बनाउने रसियन धनाढ्य रोमन अब्रमोबिचले जारी रसिया-युक्रेन विवादका कारण बेलायतले आफूमाथि कडाइ गर्ने र आफूले क्लबलाई राम्ररी  चलाउन गार्हो पर्ने देखेर भर्खरै वर्ल्ड च्याम्पियन बनेको चेल्सी फुटबल क्लब बेच्ने निर्णय गरेका हुन्। 

एक विज्ञप्ति जारी गर्दै उनले आफूले चेल्सीलाई बेच्ने निर्णय गरेको र क्लब लिएदेखि नै आफूले पैसाको भन्दा पनि क्लबको वर्तमान र भविष्यको बारेमा सोचेकोले क्लब बिक्री गर्दा आफूले क्लबबाट लिनुपर्ने ऋणको पैसाको पनि आफूलाई लोभ नभएको बताए। 

आफ्नो टिमले एक फाउन्डेसन बनाउने र उक्त रकमले युक्रेनको द्वन्द पीडितहरुको आकस्मिक साथै पछि सम्मको आवश्यकता र यस परिस्थितिबाट माथि उठ्न सहयोग गर्ने गरी काम गर्ने कुरा अब्रमोबिचले उक्त विज्ञप्तिमा उल्लेख गरेका छन्। 

चेल्सीको वेबसाइट र अफिसियल एपमा हालिएको विज्ञप्तिमा जस्तो जे सुकै भएपनि क्लब र क्लबका समर्थकहरू सधैं आफ्नो मुटुमा बस्ने र आफूलाई यो निर्णय लिन निकै गार्हो भएको तर क्लबको निम्ति आफूले यस्तो निर्णय लिनु परेको रोमनले बताएका छन्। 

साथै उनले आफू क्लब मालिकको रूपमा अन्तिम पटक चेल्सीको रंगशाला स्ट्यामफोर्ड ब्रिजमा पुगी सबैको माझबाट बिदा हुन चाहेको पनि विज्ञप्तिमा खुलाएका छन्। 

क्लबले जितेको कुल ३२ मध्ये २१ ट्रफी रोमनको समयमा जितेको चेल्सी र फ्यानहरुको लागि उनी बिदा हुने खबर दुखद हो। 

विभिन्न समयमा बेलायतले आफूमाथि थरिथरिका प्रतिबन्ध लगाउदा पनि क्लबको माया गरेर साथै क्लबको लागि आफ्नो दायित्व निभाउदै विभिन्न च्यारिटी गर्ने, सहयोग गर्दै, राम्रा राम्रा खेलाडी अनुमोदन गर्ने, एकेडमी सुधार गर्ने लगायत गरी चेल्सीलाई विश्व फुटबलको उत्कृष्ट क्लब बनाउने मालिक गुमाउनु चेल्सी र उसका फ्यानको मात्रै नभएर सम्पूर्ण फुटबल जगत कै निम्ति ठूलो घाटा हो।