सरावगिद्धारा निरन्तर आचारसंहिता उल्लंघन, मतदाता प्रभावित पार्न कर्मचारीलाई भोज

सरावगिद्धारा निरन्तर आचारसंहिता उल्लंघन, मतदाता प्रभावित पार्न कर्मचार...

वीरगञ्ज, २४ वैशाख । वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार विजयकुमार सरावगीले निर्वाचन आचारसंहिताको चरम उलंघन गरेको पाइएको छ । नेकपा एमाले सहितको गठबन्धनबाट मेयरको उम्मेदवार रहेका निवर्तमान मेयर सरावगीले हिजो शुक्रवार वीरगञ्जको होटल मकालुमा महानगरको कर्मचारीलाई भोज खुवाएर निर्वाचन आचारसहिंताको उलंघन गरेका हुन् । एक पछि अर्को आचारसंहिता उल्लंघनमा संलग्न रहेका सरावगिले यसैको निरन्तरता स्वरुप भोजको आयोजना गरेको पाईएको छ ।

पूर्व मेयर तथा सङ्घीय सांसद विमल श्रीवास्तवसमेतको सहभागितामा आयोजना गरीएको उक्त भोजमा स्थानिय तहको निर्वाचनमा सरावगीलाई सहयोग गर्न आग्रह गरीएको थियो । श्रोतका अनुसार निर्वाचनमा आफुलाई सघाउने कर्मचारीलाई जितपछि महानगरपालिकामा पायक पर्ने स्थानमा विशेष भुमिका र सुविधा दिने बताईएको थियो ।

एसियाली विकास बबैंक (एडिवि) मा काम गरेका र सरावगिको सचिवालयमा रहीसकेका महानगरका अवकास प्राप्त कर्मचारी सुमन श्रेष्ठलाई सरावगिले वडा नम्बर ४ को वडा अध्यक्षको उम्मेदवार नै बनाएका छन् । मेयरमा निर्वाचीत भएयता सरावगिलाई असहयोग गर्दै आएका सुमनलाई पूर्व मेयर विमल श्रीवास्तवले सहयोग गर्न भनेपछि सुमनले सचिवालयमा रहेर महानगरको अनियमिततामा सरावगिलाई सघाएका थिए । सोहि समयदेखि नै श्रीवास्तव र सरावगी विच मिलेको केमेस्ट्री हाल सम्म चलिरहेको चर्चा छ ।

निर्वाचनमा सरावगिलाई सघाउने कर्मचारीलाई सुमनलाई झैँ खातिरदारी गरीने भोजमा बताईएको थियो । सेवाग्राहि मतदातासँग हुने कर्मचारीको चिनजान र सम्बन्धलाई भोटमा बदल्न उनिहरुलाई भोज खुवाएर प्रभावित पारीएको भोजमा सहभागि एक कर्मचारीले बताएका छन् ।

सरावगिले यसअघि पनि आचार संहिताको धज्जी उडाउँदै वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ मा धारा पाईप सेट एक ट्रयाक्टर दिँदै गर्दा स्थानियले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए भने वडा नम्बर १ मा धर्मशाला निर्माणका लागि ५० लाख मुल्यको जग्गा वडाध्यक्ष मार्फत दिने उद्घोष गरेका थिए । त्यस्तै वडा नम्बर ३ को मन्दिरमा साउण्ड सिस्टम दिएका थिए ।

निवर्तमान मेयरले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरीरहँदा नियमनकारी निकाय भने मुकदर्शक बनेका छन् ।