सरावगी र चौरसियाले बोली फेरे, दुवैले झुटो बोलिरहेको पुष्टि

सरावगी र चौरसियाले बोली फेरे, दुवैले झुटो बोलिरहेको पुष्टि

वीरगञ्ज, २७ बैशाख । नेकपा एमालको मेयरका उम्मेदवार बिजय कुमार सरावगीले बोली फेरेका छन् । 

मंगलवार राति वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा भएको घटनाका बारेमा सरावगीले बोली फेरेका हुन् । 

मंगलवार मध्यरातममा नगवा निवासी नेपाली कांग्रेसका नेता बिनोद चौरसियाको घरमा गएर ३ बजे प्रहरीको निगरानीमा घर फर्किएका सरावगीले घटनाको बारेमा दिएको फरक फरक प्रतिक्रियाले उनले झुठ बोलेको स्पष्ट भएको छ ।

सोमवार राति परवानीपुरको रात्रि सभामा सहभागी भएकै बेला बिनोद चौरसियाले फोन गरेर बोलाएको र परवानीपुरको कार्यक्रम सकेर जाँदै गर्दा राति पौने १२ बजेतिर उनको घरमा पुगेको सरावगीले अन्नपुर्ण पोस्टसँगको कुराकानीमा भनेका छन् ।

सरावगीले दिउँसो नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा भने फरक अभिव्यक्ति दिएका छन् । पार्टीका उम्मेदवारलाई भेटन् मोटरसाइकलमा जाँदै गर्दा राजेशमानका कार्यकर्ताहरुले आक्रमण गर्न खोजेपछि म चढेको मोटरसाइकल चलाउने मान्छेले आफ्नो मामाको घरमा लिएर गएको सरावगीले बताएका छन् । त्यसपछि बिनोद चौरसियाको घरमा पुगेको सरावगीको भनाई छ ।

यद्यपी बिनोद चौरसियाले भने सरावगी आफै घर आएर सुतिरहेको व्यक्तिलाई उठाएको प्रतिक्रिया दिएका थिए । आफु घरमा सुतिरहेको समयमा घरको गेट ढकढक्याएपछि छोराले गेट खोलेको र छोरालाई भनेर आफुलाई उठाउन लगाएको चौरसियाले बताएका छन् ।

घटनाको प्रत्यक्ष भिडियोमा चौरसियाले सरावगीलाई आफ्नै घरमो आफैले राखेको बताएका थिए । कसले के गर्न सक्छ म राख्छु भनेका चौरसियाले मंगलवार बिहान राष्ट्र सन्देशको अन्तरवार्ताका क्रममा भने फरक अभिव्यक्ति दिएका छन् । सरावगीलाई आफुले घरमा पस्न पनि नदिएर कम्पाउण्डबाटै पठाएको चौरसियाले अन्तरवार्तामा भनेका छन् । उनले भनेका छन्, ‘तपाई के कारणले यहाँ आउनुभएको हो ? यहाँ धेरै केटाहरु छन् तपाई अहिले गइहाल्नुहोस् भनेर मैले कम्पाउण्डबाटै पठाएको हुँ ।’